काठमाण्डौ । एनआईसी एसिया बैंकको प्वइन्ट अफ सेल्स् (पीओएस) सेवा बुधबारदेखि सुचारु भएको छ ।

चिनियाँ ह्याकरहरु विभिन्न बैंकका एटिएम प्रणाली ह्याक गरी रकम चोरी गरेसँगै देशभरका यो सेवा अवरुद्ध थियो । प्राविधिक कारणले गर्दा गत भदौ १८ गतेदेखि एनआईसी एसिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम तथा पीओएस मेशिनहरुमा नचल्ने र यसै बैंकका एटिएम र पीओएस मेशिनहरुमा मात्र चल्ने गरेको थियो ।

बैंकले आजबाट भने यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिजा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएसमा समेत चल्ने व्यवस्था मिलाएको हो ।

यसबीच प्रविधिक कारणले ग्राहकमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना पनि गरेको छ ।