काठमाण्डौ । जलविद्युत आयोजना तथा कतिपय प्राथमिकताप्राप्त क्षेत्रका प्रोजेक्टहरुमा लगानी गर्ने उद्देश्यले स्थापना भएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडले ३३ करोड ९८ लाख बढीको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने अनुमति दिएको हो । 

यो कम्पनीको चुक्तापूँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार १०० रुपैयाँ रहेको छ । 

बोर्डबाट स्वीकृति आएसँगै कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ निश्कासन गर्नेछ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।