काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । 

एनआर एन इन्फ्रास्टक्चर डेभलपमेन्टको आइपीओ निष्कासनकर्ताका रुपमा रहेको सानिमा क्यापिटलका मर्चेन्ट बैंकिङ विभागकी प्रमुख रश्मी रिजालले भोलि बिहान ९ बजे आइपीओ बाँडफाँड गर्ने टुंगो लागेको बताइन्  । 

रिजालले आइपीओ बाँडफाँडको प्रिअलटमेन्ट मोडल धितोपत्र बोर्डसमक्ष हिजो आइतबार नै पठाइएको र भोलि मंगलबार बाँडफाँडका लागि अनुमति आएको बताइन् । 

कोभिड १९ को संक्रमणका कारण धेरै मानिस उपस्थित हुन नमिल्ने भन्दै बिक्री प्रबन्धक सानिमा क्यापिटलले ९ बजे आफ्नो फेसबुक पेजमार्फत बाँडफाँडको लाइभ हुने व्यवस्था मिलाउनेछ । 
बाँडफाँडकै लागि भनेर कसैलाई पनि आफ्नो कार्यालयमा नआउन र घरमै बसेर सुरक्षितपूर्वक फेसबुक लाइभमा जोडिन क्यापिटलले आग्रह गरेको छ ।