काठमाण्डौ । एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” मिति २०७५ बैशाख ८ गते शनिवारका दिन आयोजना गरेको छ । 

बैंकले राजधानी लगायत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापी रुपमा “सातौ एनएमबि बैंक हेरिटेज वाक –  २०१८” मनाएको हो । 

यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततिका लागि तिनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

“सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” को उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुकामाभm गरेका बताइएको छ ।