काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र सिजी डिजिटलबीच शून्य प्रतिशत इएमआईमा  कर्जाका साथै अन्य डिजिटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजिटलका तर्फबाट प्रमुख–वित्त  मुकेश खातोरले हस्ताक्षर गरे ।  
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजिटलको आधिकारिक वितरकबाट उपभोग्य वस्तुहरुको खरिदमा १२ महिनासम्मको एनएमबि सुलभ किस्ता योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरिद गर्न सक्नेछन् । यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट÷क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ प्रतिशतसम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् । 

एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको जनाएको छ ।