काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबारदेखि सेयरधनीहरुका लागि २४ करोड ३० लाख मूल्यबराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि संस्थाले १ः१.५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

लगानीकर्ता सेयरधनीहरुले मंसिर २९ गतेसम्म सेयर खरिद आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।

यो कम्पनीको हाल चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद जारी भएपछि पूँजी बढेर ४० करोड ५ लाखको उचाईमा पुग्नेछ।