काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबाट उत्पन्न पस्थितिका कारण स्थगित आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको छ।

संस्थाको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते सोमबार कास्कीको पोखरास्थित संस्थाको केन्द्रीय कार्यालय परिसरमा आयोजना गर्ने निर्णय गरेको हो। 

संस्थाले यसअघि वार्षिक साधारणसभा चैत २६ गते आयोजना गर्ने निर्णय गरेको छ। तर कोरोना संकटका कारण संस्थाको गत चैत १९ गते बसेको बैठकले वार्षिक साधारणसभा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो। 

अब हुने वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश पारित गर्नुका साथै उपयुक्त लघुवित्त संस्था गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रक्रिया सुरु गर्ने प्रस्ताव पारित गर्नेछ।  

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा चुक्तापुँजी ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँको १२ प्रतिशतले हुने आउने ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार ९९३.४२ रुपैयाँबराबर नदग लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेको छ। 

सभामा अन्य कुनै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने निर्णय पनि पारित हुनेछ।