काठमाण्डौ । एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८ बाट पुरस्कृत भएको छ ।

उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताका लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरिट” बाट पनि पुरस्कृत भएको छ ।

बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो ।

साफाज् कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टेबिलिटी एन्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्वारा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा प्रदान गरेको हो ।