काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ ।

उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्वय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरे । ‘सुदूरपश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ्ग सेवाको पहँुच पुर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो । ’प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रकाश पारे ।

एनएमबि बैंकका हाल देश भरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मानसमेत पाएको छ ।