काठमाण्डौ । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ ।

उर्जा मन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा आज बिहीबार माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरे । 
२४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नवीनतम् सेवा तथा सुविधाहरुद्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ नयाँ शाखा संचालनमा ल्याएको बैंकले दाबी गरेको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।