काठमाण्डौ । कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ ।

जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५% रकम सरकारी निर्देशन अनुरुप कोरोना भाइरस सहायता कोषमा योगदान दिइनेछ । 

यस पहलको उद्देश्य दैनिक ज्यालादारीमा कार्यरत मजदुरवर्ग तथा कर्मचारीवर्गलाई सहयोग गर्नु रहेको बैंकले जनाएको छ