काठमाण्डौ । एनएमबि बैंकले कोरोना भाइरसको प्रसारविरुद्घ अग्रसर हुन स्थापित सरकारको कोभिड–१९ रोकथाम कोषलाई रु. १ करोड ५१ लाख योगदान गरेको छ।

उक्त रकम उल्लेखित चेक प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरुसमक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रदान गरेका छन्। कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ। 

यसबाहेक बैंकले अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ संरचनाअन्तर्गतको क्यूआर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिनेछ। “हामी विश्वास्त छौ कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दीगो प्रभाव पार्न हातेमालो गर्नेछ। बैंक यस महामारीलाई पराष्त गर्न सरकार र जनतालाई सहयोग पुर्याउने नविनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिवद्घ छ”, प्रमुख कार्यकारी अधिकृत केसीले भने।