काठमाण्डौ । एनएमबी बैंकले विशेष सुबिधासहितको आकर्षक अटो लोनको अफर ल्याएको छ ।

यो अफरअन्तर्गत कर्जाको ५ वर्षसम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

यो नयाँ योजनाले ब्याजदरको घटबढका कारण ग्राहकको मासिक किस्ता रकममा पर्ने उतारचढावलाई नियन्त्रण गर्नेछ । ब्याजदर बढ्ने बित्तिकै किस्ता रकम बढी ऋणिलाई हुने तनावबाट समेत उन्मुक्ति दिने गरी विशेष स्किम ल्याइएको बैंकले जनाएको हो । 

एनएमबी बैंकले आफूहरुले लञ्च गरेको यसप्रकारको अटोलोन बैकिङ्ग क्षेत्रकै नौलो स्किम रहेको दाबी गरेको छ ।  एनएमबी बैंकले घरकर्जा लिएका ग्राहकहरुले १० वर्षसम्मकोे अटो लोन कर्जा लिन सक्ने सुविधा समेत थपेको छ ।