काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले २४ मेगावाट क्षमताको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । 

कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत परियोजनामा एनएमबी बैंकको अगुवाईमा बैंकहरुले ३.३२५ अर्ब लगानीको सम्झौता गरेका हुन् । 

एनएमबी बाहेक यो आयोजनामा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक लिमीटेडको समेत सहवित्तीयकरण रहेको छ ।

सो जलविद्युत आयोजनाको कुल लागत रु ४.४८ अर्ब रहेको छ । 

यो आयोजनासँगै एनएमबी बैंकले लगानी गरेको जलविद्युत आयोजनाको संख्या ४२ पुगेको छ ।