काठमाण्डौ । एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको एनएमबी डिलाइट सेभिङ अकाउण्ट लञ्च गरेको छ ।

बैंकका अनुसार यो बचतखाता खोलेपछि ग्राहकले पाउने एटीएम कार्डले नेपालभरका कुनै पनि वित्तीय संस्थाहरुको एटीएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन ।

निशुल्क मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यो नयाँ खालको बचतखाताका अन्य विशेषता रहेका बताइएको छ । 

हाल एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।