काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा आवेदन दिने समय अब २ दिन मात्र बाँकी रहेको छ । यो अवधिसम्म पनि यो बैंकको सबै एफपीओ बिक्री हुन सकेको छैन । 

बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार मंगलबार अपरान्हसम्म बैंकको एफपीओमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ६४ हजार ६ सय ५० आवेदकले एफपीओ  खरीदका लागि दरखास्त दिएका हुन् । 

कम्पनीले गत जेठ ३० गतेदेखि प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँको दरले कुल १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गरेको थियो । कुल ३ अर्ब ८० करोड रुपैयाँ बराबरको एफपीओमध्ये अझै ३१ प्रतिशत बिक्री हुन बाँकी छ । 

एफपीओमा आवेदन दिने अन्तिम मिति असार २८ गते हो । दोश्रो बजारमा यो बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ रहेको छ ।