काठमाण्डौ । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ ।

निक्षेपको यो स्किम अन्तर्गत ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्स्ड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन पाउनेछन् । 

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकको नयाँ फिक्स्ड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरिएको दाबी गरिएको छ । यसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्स्ड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने बैंकले जनाएको छ । 

एनएमबि ग्रिन फिक्स्ड डिपोजिट ब्यवसाय र आफूहरुको वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने सचेत प्रयास रहेको बैंकले दाबी गरेको छ ।