काठमाण्डौ । एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सञ्चालनका लागि सिंगापुरस्थित सेवा प्रदायक कम्पनी बैंक जिनीसँग सम्झौता गरेको छ ।

सम्झौतापछि एनएमबी बैंकले जिनीसँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ । सम्झौतामा एनएमबी बैंकका कार्यकारी अधिकृत सुनील केसी र बैंक जिनीको तर्फबाट कार्यकारी अधिकृत रामकुमार शर्माले हस्ताक्षर गरे।

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सुनील केसीले सो सेवापछि बैंकले बैंकिङ क्षेत्रमा नवीनतम् सेवा सुरु गर्ने दाबी गरे । त्यस्तै उनले यस सेवाले बैंकलाई डिजिटल बैंकिङ सेवामा अरुभन्दा अगाडि बढाउने विश्वास व्यक्त गरे ।