काठमाण्डौ । एनएमबी बैंक 'कर्पोरेट क्रेडिट कार्ड' जारी गर्ने पहिलो नेपाली बैंक बनेको छ । 

बैंकले एनएमबी बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको छ, जुन व्यावसायिक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिनेछ । यस्तो कार्ड जारी गर्ने आफू पहिलो बैंक भएको बैंकको दाबी छ । 

यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवद्र्घन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरुको ब्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एकभन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुका लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

“एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्घ नयाँ प्रस्तुती हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यावसायिक संगठनहरूमा उहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं ।” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।