काठमाण्डौ । तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक ब्याजदर दिने गरी एनएमबी बैंकले ल्याएकोे एनएमबि तलब खाताले देशभर लोकप्रियता पाइरहेको बैंकले दाबी गरेको छ ।

एक विज्ञप्ति प्रकाशित गरी बैंकले एनएमबी तलब खातामा कर्मचारीहरुको उत्साहजनक सहभागिता भइरहेको दाबी गरेको हो ।

सात प्रतिशत ब्याज दर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरु समेत  निशुल्क उपलब्ध गराएको छ। जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो। जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै रु.५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको बताइएको छ ।

“नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुनुपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसंगै बग्रेल्ती सुविधाहरुसहित तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो । एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि यस्तै सुविधायुक्त सेवाहरु  बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं।” एनएमबि बैंकले भनेको छ ।