काठमाण्डौ । एनएमबी बैंक १५.३३ मेगावाटको कलंगागड जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता हुने भएको छ । 

बझाङ्ग जिल्लाको सुकुन्दा, बाझ र खैराटाडीं गाविस क्षेत्रमा निर्माण हुन लागेको जलविद्युत आयोजनामा एनएमबी बैकको अगुवाईमा अन्य ५ बैंकहरुले लगानी गर्ने भएका हुन् । 

एनएमबी बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार एनएमब बैंक मुख्य लगानीकर्ता रहने र सह-वित्तीयकरणमा ऋण लगानी गर्ने अन्य बैकहरुमा क्रमशः एनआइसी एशिया बैंक,  सिभिल बैक, जनता बैक नेपाल, देब बिकास बैक रा ज्योति बिकास रहनेछन् । 

यो आयोजनाको कुल लागत रु २.८ अर्बको रहनेछ भने कुल ऋण रु २.१० अर्ब रहनेछ । 

आयोजना निर्माण सम्बन्धी यो ऋण सम्झौतामा हस्ताक्षर गरेपछि एनएमबी बैंक जलबिद्युत आयोजनाहरुमा लगानी गर्ने अग्रणी बैंक भएको बैंकको डेपुटी सीइओ सुनिल केसीले जानकारी दिए ।