काठमाण्डौ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसीको उदय भएको छ । 

बैंकले चैत १ गते(मंगलबार) बैंक परिसरमा आयोजित एक समारोहका बीच संचालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले केसीलाई पद बहालीको सपथ खुवाएका थिए । 

बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएका केसी विगत ८ वर्षदेखि एनएमबी बैंकसँग आबद्ध छन् । त्यसअघि उनले स्ट्याण्डर्ड चार्टर्ड लगायतका बैंक तथा बित्तीय संस्थामा काम गरेका थिए । २७ वर्ष लामो बैकिग अनुभव सँगालेका केसी बैकिंग उद्योगमै सटिक विश्लेषकको रुपमा समेत चिनिइने बताइएको छ । उनलाई संचालक समितिले चार वर्षका लागि नियुक्त गरेको हो । उपेन्द्र पौड्यालले सीइओबाट अवकाश पाएपछि त्यसमा केसीको उदय भएको हो । 

प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा एनएमबी बैंकमा आफ्नो उदयपछि आयोजित सपथ ग्रहण समारोहमा बोदै केसीले बैंकलाई नाफामुखी मात्र नबनाई हरेक प्रकारले देशकै उत्कृष्ट बनाउने उद्घोष गरे । उनले भने–‘बैंकले आफ्नो रणनीति अनुरुप, नाफा मात्र आधार नबनाई  स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि समर्पित हुँदै आफ्ना गतिविधि संचालन गर्नेछ ।’ 

हाल बैंकको कुल ७२ शाखा ५७ एटिएम र ७ एक्टेन्सन काउन्टर रहेको छ ।