काठमाण्डौ । एनएमबी बैंकले सर्वसाधारणहरुका लागि समेत एफपीओ जारी गर्ने निर्णय गरेको छ ।

बैशाख १९ गते बसेको बैंकको ३३४ औं बोर्ड बैठकले संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ५१ : ४९ मा ल्याउनका लागि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासनको निर्णय गरेको हो ।

बैंकले बैशाख २० गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्टारको कार्यालय र नेपाल राष्टबैंकलाई  पत्र लेख्दै एफपीओ निश्कासनको निर्णय भएको जानकारी गराएको हो ।

बैंकले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थपेर एफपीओ निश्कासन गरिने स्पष्ट पारेको छ ।

बैंकको २०७३ पुस २४ गते बसेको २१ औं वार्षिक साधारणसभाले पुँजीवृद्धिका लागि साधारण सेयरको थप सार्वजनिक निश्कासन गर्ने निर्णय गरेर सो सम्बन्धी अख्तियारी संचालक समितिलाई दिएको थियो ।

एफपीओ निश्कासनबाट मात्र यो बैंकको चुक्तापुँजीमा १ अर्ब १४ करोड बढी रकम थपिनेछ । हाल यो बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि बैंकको चुक्तापुँजी ७ अर्ब ६० करोड माथि पुग्नेछ ।