काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५१ करोड खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्ष यो बैंकको खूद नाफा १ अर्ब ११ करोड रुपैयाँ मात्र रहेको थियो । 

बैंकले व्यवसाय वृद्धिमा लिएको गतिका कारण खूद ब्याज आम्दानी २ अर्ब १ करोडबाट वृद्धि भई २ अर्ब ५६ करोड रुपैयाँ पुुगेको छ । 

बैंकको संचालन नाफा ७४ करोड भन्दा बढीले वृद्धि गरेको छ । अघिल्लो वर्ष १ अर्ब २४ करोड रुपैयाँ रहेको यस्तो नाफा वृद्धि भई आब २०७३/७४ मा १ अर्ब ९८ करोडको उचाईमा पुुगेको छ । 
बैंकले यो अवधिमा ७३ अर्ब २२ करोड निक्षेप संकलन गरी ६१ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ६४ अर्ब ७८ करोड निक्षेप संकलन गरी ५३ अर्ब २ करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष ४ अर्ब ४८ करोडमा सीमित चुक्तापूँजी आर्थिक वर्ष २०७३/७४ को अन्तसम्म ६ अर्ब ४६ करोडको उचाईमा पुुगेको छ। २ अर्ब ४२ करोड रुपैयाँमा सीमित रिजर्बको आकार बढी ४ अर्ब २६ करोड पुुगेको छ । 

यो अवधिमा बैंकले निस्क्रिय कर्जा अनुपातलाई घटाएर १.६४ प्रतिशतमा झारेको छ । अघिल्लो वर्ष यस्तो कर्जा अनुपात १.८१ प्रतिशत थियो । 

बैंकको नाफा वृद्धिसँगै कस्ट अफ फण्ड(लागत खर्च) समेत बढेको छ । अघिल्लो वर्ष ३.९९ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ५.०६ प्रतिशत पुुगेको हो । 

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७.६९ रुपैयाँ, प्रति सेयर नेटवर्थ  १६६.०७  रुपैयाँ, प्रति सेयर खूद सम्पत्ति मूल्य १५९१.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.६८ गुणा कायम भएको छ ।