काठमाण्डौ । एनएमबि बैंकलाई लण्डनस्थित फाइनान्सियल टाइम्सद्वारा सन् २०१७ को 'बैंक अफ दि ईयर २०१७' को सम्मान प्रदान गरिएको छ ।

बैंकका सीआईओ सुदेश उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सो अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाण हो भने बैंकले विगतका केही वर्षहरुमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो ।’ 

एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी  साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज्(जिएबिभि)को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुुगेको बैंकको दाबी छ । 

२०१७, नोभेम्बर २९ तारिख, लण्डनमा आयोजित अवार्ड वितरण समारोहको भव्य सन्ध्यामा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत सुनील के.सी.ले संयुक्त रुपमा सो सम्मान ग्रहण गरेका थिए ।

बैंक अफ दि ईयर अवार्ड विश्वव्यापी रुपमा बैंकिङ्गका लागि तोकिएको मापदण्ड अनुसार उत्कृष्ट ठहर भएका बैंकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना शेयरहोल्डरहरुलाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, शेयरहोल्डरहरुको मूूल्यमान्यता, सेवाग्राहीहरुको सक्रियता लगायत अन्य मानकहरुका आधारमा विजेताको छनोट गर्ने गरिन्छ । सो अवार्ड बैंकले आफ्ना सेवाग्राही र सम्पूर्ण सरोकारवालाहरुलाई उत्कृष्टता प्रदान गर्न निरन्तर गरिरहेको प्रयत्नप्रतिको एक पुष्ट्याईं पनि हो ।