काठमाण्डौ । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परामर्शसहित बिभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरेको छ ।

ग्राहकहरुले बैंकको एनएमबी भिजा डेबिट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरी अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत बिभिन्न सेवा तथा सुबिधाहरुमा यो बिशेष छुट पाउने छन् ।

बैंकले आफ्ना ग्राहक वर्गलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता बिभिन्न योजनाहरु ल्याउने गरेको छ । अस्पतालसँग हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।