काठमाण्डौ । एनएमबी बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायीत्व अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मूल्य बराबरको ११ किसिमका बेमौसमी तरकारीका बिउ वितरण गरेको छ । 
 
बैंकले व्यवसायिक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेबाली, अन्नबाली लगायत अन्य बालीहरु लगाउन १२३ जना किसानहरुलाई सो बिउ प्रदान गरेको हो ।
 
सोही कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प समेत वितरण गरेको छ । 
 
कार्यक्रमहरु मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले–‘कृषिमा गरिने लगानीले देशको दिगो बिकासमा टेवा पुग्ने र वास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहकार्यमा व्यवसायिक तरकारी खेतीका लागि यो पहल गरेको हो ।  बैंकले आगामी दिनहरुमा साना तथा मझौला ब्यवसाय र कृषि क्षेत्रमा गर्न यस्ता सहज लगानी गर्नेछ ।