काठमाण्डौ । एनएमबी बैंकको एफपीओमा २ अर्ब ४० करोड बढीको आवेदन परेको छ । 

यो तथ्यांक शुक्रबार अपरान्हसम्मको हो । एनएमबी बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड रुपैयाँ बराबरको एफपीओमा संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने भनिएपछि र उनीहरुका लागि अधिकतम ५० कित्ताको सीमा तोकिएपछि आवेदन पर्ने क्रम केही बढेको देखिएको हो । 

यो समाचार तयार पार्दासम्म एफपीओमा ५८ हजार भन्दा बढी आवेदन परेका छन् । 

बैंकले गत जेठ ३० गतेदेखि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ प्रिमियम मूल्यसहित प्रतिकित्ता ३३३ रुपैयाँको दरले निश्कासन भएको थियो । पहिलो ४ कार्यदिन सर्वसाधारणका लागि खुल्ला गरिएको आवेदन सबै कित्ता बिक्री नभएपछि नियमअनुसार संस्थागत लगानीकर्ताका लागि समेत खुलाइएको हो ।