काठमाण्डौ । एनएमबी बैंकले खुलाएको ३ अर्ब ८० करोडको एफपीओमा आइतबार साँझसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको मात्रै आवेदन परेको छ ।

यो समयसम्म कुल ६० हजार १ सय आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका हुन् । कुल निश्कासितमध्ये अझै ३७ प्रतिशत एफपीओमा आवेदन परेको छैन । 

बैंकले प्रिमियमसहित ३३३ रुपैयाँ प्रतिकित्ताका दरले गत जेठ ३० गतेबाट १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गरेको थियो । 

एफपीओमा सर्वसाधारणसँगै संस्थागत लगानीकर्ताले समेत खरीद गर्न पाउनेछन् । एफपीओमा असार २८ गतेभित्र आवेदन परिसक्नुपर्नेछ । सो समयसम्म पनि सबै कित्ताका लागि आवेदन नपरे अण्डरराइट गर्नेले बाँकी रहेको कित्ता उठाउनुपर्नेछ ।