काठमाण्डौ । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतामा एनएमबी बैंकका चिफ विजिनेश अफिसर सुदेश उपाध्याय  र क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबी भिजा डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिंग प्याकेज, रेडियोलोजी, ल्याब्रोटरी तथा बेड शुल्कमा १०  प्रतिशत तथा रेडिएसन थेरापी तथा ब्य्राकी थेरापीमा ७ प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको छ । बैंकका  अनुसार हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको हो ।