काठमाण्डौ । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको असार २६ गते मंगलबार बसेको संचालक समितिको ३५९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीहरुका लागि हालको चुक्तापूँजी ६ अर्ब ४६ करोडमा थप सार्वजनिक निश्कासन भइरहेको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ताको अंकित मूल्य १ अर्ब १४ करोड १५ लाख १६ हजार ३ सय रुपैयाँ समेत थप गरी कुल हुन आउने चुक्तापूँजी कुल ७ अर्ब ६० को १५ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

नेपाल राष्टबैंक र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् । 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ८ अर्ब ७४ करोडको उचाईमा पुग्नेछ। 

कम्पनीको प्रस्ताव अनुसार एफपीओ खरीद गर्नेहरुले समेत बोनस सेयर पाउनेछन् ।