काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमीटेड र एनएमबी बैंकबीच भदौ २८ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले एनएमबी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । 

सम्झौताअनुसार एनएमबि बैंकले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्यूनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउनेछ ।

सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख  कार्यकारी अधिकृत सञ्जिब सुब्बाबीच हस्ताक्षर भएको छ ।