काठमाण्डौ । एनएमवि बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ, जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । 

ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन् । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ ।

इच्छुकले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदि) सम्बन्धी विभिन्न सुविधा जस्तै ब्याजदर र कर्जाको अवधिको बारेमा  बजारमा उपलब्ध कर्जा सुविधासंग तुलना गर्न सक्नेछन ।

सम्झौतामा एनएमबि बैंकका तर्फबाट चिफ विजिनेश अफिसर गोविन्द घिमिरे र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटल प्रा.लि. ले हस्ताक्षर गरेका थिए । कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई  छ ।