काठमाण्डौ । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठन(एफएनसिएसआइ)बीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।  

एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५,००० सदस्यहरुमाझ संचालन गर्नेछ जसमध्ये ९,००० सदस्यहरु महिला उद्यमी रहेका छन् ।

वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकका विश्वास छ ।

आशय पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महा सचिव डम्बरप्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

एनएमबि बैंकमा एफएमओ, नेदरल्याण्ड्ससँग १७ प्रतिशत लगानी रहेको छ । बैंक लगातार २०१७ र २०१८ को लागि ”बैंक अफ दि एयर“ अवार्डबाट सम्मानित भएकोे छ । हाल यस बैंकले ११० शाखा कार्यालयहरु मार्फत् देशभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।