काठमाण्डौ । धितोपत्र बोर्डले एनएमबी बैंकले ३ अर्ब मूल्यको ऋणपत्र निश्कासनको स्वीकृति प्रदान गरेको छ ।

बोर्डले प्रति यूनिट १००० दरका ३० लाख कित्ता '१०% एनएमबी बैंक डिवेञ्चर-२०८५' निश्कासनका लागि बैंकलाई फागुन १४ गते स्वीकृति दिएको हो । 

बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ । 

बाँकी रहेको १८ लाख कित्ता व्यक्तिगत तवरबाट(प्राइभेट प्लेसमेन्ट) बिक्री हुनेछ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ। 

यो दश वर्षे ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको हिसाबले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्र १० वर्षपछि परिपक्व हुनेछ । 

अहिलेको सन्दर्भमा १० प्रतिशत ब्याज भनेको मुद्धतीमा पाउने भन्दा बढी हो । 

एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ ।