काठमाण्डौ । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

नेप्सेमा प्रकाशित एक सूचना अनुसार बैंकको कात्तिक ८ गते बसेको ३२२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

आर्थिक वर्ष २०७१/७२ मा एनएमबी बैंकले ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १९ करोड नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी ५ अर्ब ३३ करोड रुपैयाँ पुग्नेछ ।