काठमाण्डौ । एनएमबी बैंकले ‘सबैका लागि बचत, सधैंका लागि साहारा’ भन्ने नारासहित ‘एनएमबी सबैको साहारा बचतखाता’ संचालनमा ल्याएको छ । 

बैंकमा खोलिने प्रत्येक ‘सबैको साहारा बचत खाता’मा बैंकको तर्फबाट रु. १०० जम्मा गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । 

यो खातामा बैंकले प्रत्येक ग्राहकहरुको अग्रिम बिमा सुरक्षण गरिदिनेछ । यस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी, निस्क्रियता, लिभरको रोग, मस्तिष्कघात, हृदयघात, प्यारालाइसिस, जस्ता १८ गम्भीर रोगहरुमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल वा निजको नजिकको हकवालालाई रु.१० लाखसम्मको बिमा रकम उपलब्ध गराइनेछ ।

यसबाहेक सो खातामा सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोवाइल बैंकिंग, निःशुल्क इन्टरनेट बैंकिंग, तथा डिलाइट एटीएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निःशुल्क रकम झिक्न सकिने जस्ता सुविधाहरु रहेका छन् । 

सन् २०१७ र २०१८ मा लगातार बैंक अफ दि इयरको अवार्डबाट सम्मानित यो बैंक ग्लोबल अलायन्स फर बैंकिंग अन भ्यालूजको नेपालमा एकमात्रै सदस्य बैंक हो । 

हाल यो बैंकले ११० शाखा, ४ एक्सटेन्सन काउण्टर, ९९ एटीएमबाट सेवा दिइरहेको छ ।