काठमाण्डौ । एनएमबी बैंकले चालु आर्थिक वर्षमा आफ्ना सेयरधनीलाई ३९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९७ करोड २१ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा बैंकले यो वर्ष १ अर्ब २९ करोड ६२ लाखको हाराहारीमा वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ ।

लाभांशको रुपमा वितरण गर्न मिल्ने २ अर्ब ५१ करोड ८० लाख सेयर प्रिमियमबापतको रकम सञ्चित रहेको छ । 

वितरणयोग्य मुनाफा र सेयर प्रिमियमको सञ्चित रकम जोड्दा बैंकले आफ्ना सेयरधनीलाई ३ अर्ब ८१ करोड ४२ लाख ६९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नसक्छ । 

नियामकीय व्यवस्थाका लागि थप दायीत्वहरु सिर्जना भएनन् र अवस्था तेश्रो त्रैमासकै झै रहिरहे यो बैंकले आफ्ना सेयरधनीलाई ३९.६५ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको हो । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

बैंकले समीक्षा अवधिमा १ अर्ब ६५ करोड खूद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ३७ करोड खूद नाफा आर्जन गरेको थियो । यसरी खूद नाफा करिब २० प्रतिशतले बढाएको बैंकले नियामकीय व्यवस्था लगायतका लागि ६८ करोड छुट्याउनुपरेको देखिन्छ ।

बैंकले अघिल्लो वर्ष १ अर्ब ९० करोडमा सीमित संचालन मुनाफा बढाएर २ अर्ब ३४ करोड पुर्याएको छ भने यो अवधिमा ३ अर्ब ९ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ५ करोड मात्र खूद ब्याज आम्दानी भएको थियो । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले ५०.८३ प्रतिशतको छलाङ मारेको देखिन्छ । 

समीक्षा अवधिमा बैंकले ९३ अर्ब ९६ करोड निक्षेप संकलन गरी ८७ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ११.८९ प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तार भने १९.६८ प्रतिशतले बढाएको छ। 

अघिल्लो वर्ष २ अर्ब ४८ करोडमा सीमित बैंकको रिजर्ब बढेर २ अर्ब ५० करोड पुगेको छ भने बैंकले आधार दरलाई एकल विन्दूमा सीमित गर्ने सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म १०.९२ प्रतिशत रहेको आधार दर घटेर समीक्षा अवधिसम्म ९.९५ प्रतिशत कायम भएको हो ।

अघिल्लो वर्ष ७.४१ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ७.२५ प्रतिशतमा सीमित भएको देखिएको छ भने समीक्षा अवधिसम्म बैंकको सीसीडी अनुपात ७७.८३ प्रतिशत रहेको छ । 

बैंक व्यवस्थापन १.१० प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.७९ प्रतिशतमा झार्न सफल देखिएको छ। 

अघिल्लो वर्ष यही अवधिमा १५.९५ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर १३.३८ प्रतिशतमा सीमित बन्न पुगेको छ भने सम्पत्तिमा प्रतिफल १.८३ प्रतिशतबाट घटी १.७९ प्रतिशत कायम भएको छ। 

अघिल्लो वर्ष २१.६५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर २२.८९ प्रतिशतको उचाईमा पुगेको छ भने समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७४.२२ रुपैयाँ र पीई अनुपात १५.५५ गुणा कायम भएको छ । 

बैंकको तेश्रो त्रैमासको प्रगति विवरणको एनएफआरएस प्रणालीमा तयार भएको पूर्ण विवरण यसप्रकार छ :