काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ । 

योजनाको उद्देश्य ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्नु हो, जसका माध्यमबाट कार्बन उत्सर्जन कम गर्न र वातावरण संरक्षणमा मद्दत गर्न सकियोस् । बैंकले विज्ञप्तिमा भनेको छ । 

ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज (GABV) को सदस्यका रूपमा बैंकले GABV को ‘मानव, समृद्धि र पृथ्वी’को सिद्धान्तलाई आफ्ना गतिविधि र सिद्धान्तलाई केन्द्रमा राखेर मूल्यमा आधारित बैंकिङमा जोड दिँदै आएको छ ।  वातावरण संरक्षण मूल्यमा आधारित बैंकिङको एक आधार हो, त्यसैले बैंक वातावरण संरक्षणमा सदैव सक्रिय भइरहन्छ ।

बैंकले वातावरण दिवस मनाउने क्रममा देशभरि नै आफ्ना प्रादेशिक कार्यालयहरूमार्फत् विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । ती कार्यक्रमहरूमा बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयमा स्थापना गरिएको नेट मिटरिङमा आधारित प्रशारण प्रणालीसँग आवद्ध ५० किलोवाटको छानामा राखिने सौर्य ऊर्जा प्रणाली (सोलार रुफटप)को उद्घाटन पनि रहेको थियो । सौर्य विद्युत् प्रणालीको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र (एईपीसी)का कार्यकारी निर्देशक मधुसूदन अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रूपमा उद्घाटन गरे । 

एक महिनाको परीक्षणका अवधिमा सौर्य ऊर्जा प्रणालीले १०,००० युनिट विद्युत् उत्पादन गर्न सफल रह्यो, जसले समान अनुपातमा भारतबाट विद्युत् आयातलाई प्रतिस्थापन गर्न सक्यो । यो प्रणालीको स्थापनापछि सौर्य विद्युत् प्रणालीले बैंकको केन्द्रीय कार्यालयमा खपत हुनेमध्ये ७० प्रतिशत विद्युत् ऊर्जाको व्यवस्था गर्नेछ ।  नेट मिटरिङका लागि प्रणालीबाट अनुमति लिने क्रम जारी रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, बैंक २१० व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई समान रूपमा यस्तै छानामा राखिने सौर्य ऊर्जा प्रणालीका लागि सफलतापूर्वक लगानी गर्न सक्षम रहेको छ, जसले उनीहरूलाई नवीकरणीय ऊर्जाका स्रोतमा परिणत गर्न प्रोत्साहित गर्दछ ।

यसैगरी, बैंकले काठमाडौंको कागेश्वरि मनोहरा नगरपालिका मा १०० बिरुवाहरू रोपण गरेको छ । बैकंका शाखाहरुले देशभरि नै स्थानीय निकायहरूसँगको सहकार्यमा वृक्षारोपण कार्य सम्पन्न गरियो ।

‘वातावरण संरक्षण विश्वव्यापी चिन्ताको विषय हो र सबै स्तरबाट ससाना प्रयासका माध्यमबाट नै भए पनि हामी वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न सक्छौं । विश्व वातावरण दिवस मनाउने क्रममा बैंकका तर्फबाट हाम्रा प्रयासहरू एनएमबी शून्य प्रदूषण ऋण योजना र यस्ता परियोजना सार्वजनिक गरेर यसमार्फत् परिवर्तनमा योगदान दिने हाम्रा प्रयास केन्द्रित गरेका छौं । हाम्रा प्रयासहरू केबल एक दिनमा मात्र सीमित हुँदैन्, हामी यसपछि पनि आफ्ना अभियान जारी राख्नेछौं,’ बैंकको विज्ञप्तिमा भनिएको छ ।