काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमीटेडबाट प्रस्ताव भएको १५० प्रतिशत हकप्रद सेयरलाई धितोपत्र बोर्डले स्वीकृत गरेको छ । 

योसँगै अब यो लघुवित्त वित्तीय संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । 

यो कम्पनीको हाल चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद जारी भएपछि पूँजी बढेर ४० करोड ५ लाखको उचाईमा पुग्नेछ।