काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री खुला गर्न लागेको २४.३० लाख कित्ता हकप्रद सेयर सुरक्षित गर्नका लागि आज बुधबारसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

संस्थाले कात्तिक २४ गतेदेखि १:१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । सेयर खरिद आवेदन दिन बुधबारसम्म संस्थाको सेयरधनी कायम हुनुपर्नेछ।

लगानीकर्ता सेयरधनीहरुले मंसिर २९ गतेसम्म सेयर खरिद आवेदन दिन सक्नेछन् । हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।

यो कम्पनीको हाल चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद जारी भएपछि पूँजी बढेर ४० करोड ५ लाखको उचाईमा पुग्नेछ।