काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

‘क’ वर्गको यो बैंकले सिनियर म्यानेजरदेखि जुनियर असिस्टेन्टसम्म एकैपटक १ सय ८६ कर्मचारी माग गरेको हो । जसमा इन्ट्री लेभलका जुनियर असिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनीमात्र १ सय २५ जना कर्मचारी माग गरिएको छ ।

बैंकले जुनियर अस्टिेन्ट एक सयजना र म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरेको छ । जुनियर असिस्टेन्ट पदका लागि व्यवस्थापन विषयमा कम्तीमा स्नातक र म्यानेजमेन्ट ट्रेनीका लागि एमबीए पूरा गरेको हुनुपर्नेछ । दुवै पदका लागि ३० वर्षमुनिका उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।

त्यस्तै ब्रान्च म्यानेजर र बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभज् क्रमशः २० र १० जना माग गरिएको छ । ब्रान्च म्यानेजरका लागि कम्तीमा ५ वर्षको अनुभव र बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभजका लागि कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ ।

यसैगरी बैंकले २० जना रिलेसनसिप म्यानेजर माग गरेको छ । यो पादका लागि कम्तीमा ४ वर्षको अनुभव हुनुपर्नेछ ।

यस्तै चाटर्डड अकाउन्टेन्ट ६ जना माग गरिएको यो पदका लागि कम्ती २ वर्ष अनुभव हुनेर्ला ग्राह्यता दिइएको छ।

यसैगरी लिगल अफिसर, प्रोजेक्ट फाइनान्स र सेक्युरिटी एड्मिस्ट्रेटर पदमा २/२ जना माग गरिएको छ । यी पदहरुका लागि पनि कम्ती २ देखि ४ वर्षको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले तीनजना सफ्टवेयर डेभलपर पनि माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा २ वर्षको अनुभव हुनुपर्नेछ ।

बैंकले सिनियर म्यानेजर बिजनेट स्ट्रयाटेजी पदका लागि १ जना माग गरेको छ। यो पदका लागि कुनै पनि कमर्सियल बैंकमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।

उम्मेदवारले यही नोभेम्बर २७ तारिखसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस्–