काठमाण्डौ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ४८.०५ प्रतिशतको छलाङ मारेको छ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८१ करोड लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो ।

ओम डेभलपेन्ट बैंकलाई प्राप्ति गरेको यो बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ५ करोड लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ३४ करोड ५२ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ७८ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब २२ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा ४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार ३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।