काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ ।

यो नवसिर्जनशील योजनामा सात सहयोजनाहरु समावेश छन् । जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा हुने गरी प्रस्तुत गरिएको छ ।

यो बैंकिङ योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदछ । यस योजनाअन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधा उपलब्ध गरिएका छन् । जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँदछ ।

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुन सक्ने चोरीलाई समेट्ने बिमासहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखारू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।