काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुका लागि निष्कासन गरेको हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।

संस्थाले गत कात्तिक २४ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । संस्थाले १०० रुपैयाँ अंकित दरका २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुलाएको छ ।

गत कात्तिक ६ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रद सेयर खरिद गर्न पाउनेछन् । हकप्रद सेयर खरिदका लागि आज (मंसिर २९ गते) सम्म समय तोकिएको छ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।

यो कम्पनीको हाल चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद जारी भएपछि पूँजी बढेर ४० करोड ५ लाखको उचाईमा पुग्नेछ।