काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबी बैंक लिमीटेडले कमालको प्रगति हासिल गरेको छ । 

यो बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा तुलनामा खूद नाफातर्फ १६५.२२ प्रतिशतको कमालको वृद्धि हासिल गरेको हो । 

सोमबार बैंकले जारी गरेको वित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा १४ करोड ७३ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ३९ करोड ७ लाख पुगेको हो । 

खूद ब्याज आम्दानी पनि २४ करोड ७२ लाखबाट वृद्धि भई ६७ करोड ४४ लाखको उचाईमा पुगेको छ । यो बैंकको चुक्तापूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । 

यो बैंकले ६३ अर्ब ७१ करोड निक्षेप संकलन गरी ५६ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३६ अर्ब ४६ करोड निक्षेप संकलन गरी २७ अर्ब ६५ करोड कर्जा लगानी गरेको थियो । 

बैंकको निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो बर्षको पहिलो त्रैमासमा ०.४० प्रतिशत रहेको निस्क्रिय कर्जा दर बढेर यो वर्ष १.८२ प्रतिशतमा पुगेको छ । 

बैंकको प्रति सेयर आम्दानी  रु. ३१.४६, प्रति सेयर नेटवर्थ १७७.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.८४ गुणा कायम भएको छ ।