काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको आकर्षक लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

एनएमबी बैंकले साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि शुक्रबार (पुस ४ गते) देखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब लाभांश र साधारणसभामा भाग लिन योग्य हुन आज (पुस ३ गते) सम्म एनएमबी बैंकको सेयरधनी कायम भइसक्नुपर्नेछ ।

एनएमबी बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा यही पुस २४ गते निर्णय गरेको गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७.९६ रुपैयाँको २१ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँबराबरको बोनस सेयर र १४ प्रतिशतले हुन आउने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९.११ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० रहेको छ ।