काठमाण्डौ । एनएमबी बैंकले  शैक्षिक कर्जाको योजनालाई  पूर्वस्वीकृत सुविधामा १५ वर्षसम्मको अवधिका लागि सतप्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन-ऋण स्थगन अवधि (मोराटोरियम)  पनि थप गरेकोे छ ।
 
बैंकले ग्राहक÷विद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्झट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहज रुपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषताहरू थपेको बताएको छ ।
 
बैंकले सतप्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्ने जनाएको छ । साथै, विदेशमा अध्ययनका लागि उनीहरूको प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासु–ससुरासहितका ससुराली परिवार तथा काका–काकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फारकिलो पारिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष पु¥याइएको छ, जहाँ ऋण स्थगन अवधि कम्तीमा ४ वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको छ ।
एनएमबी बैंकको हाल देशभरि १६३ शाखाहरू, १२८ एटीएमहरु र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।