काठमाण्डौ । एनएमबी बैंकले गोरखा जिल्ला भिमसेन गाँउपालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जीवन बीमा वापतको क्षतिपूर्ति बीमा रकम रु ७,००,०००। (सातलाख रुपैया ) हस्तान्तरण गरेको जनाएको छ ।

बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख,  गणेश पराजुलीको उपस्थितिमा गोरखास्थित बैंकका जेष्ठ सँस्थापक सदस्य धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरे । निजको छोरा भुवन सापकोटाको २०७६, श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीकोतार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाटस्थित एनएमबी बैंकवाट बचत कारोवार गर्दै आएका थिए ।

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।