काठमाण्डौ । एनएमबी बैंक र जानकी फाइनान्स लिमिटेडको आज बिहीबार वार्षिक साधारणसभा हुँदैछ ।

एनएमबी बैंकको ललितपुरका जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा साधारणसभा हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७.९६ रुपैयाँको २१ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँबराबरको बोनस सेयर र १४ प्रतिशतले हुन आउने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९.११ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० रहेको छ ।

यसैगरी जानकी फाइनान्सको धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा साधारणसभा गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको कुल २३.१६ प्रतिशत लाभांश पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी २२ प्रतिशतले हुन आउने १० करोड ८२ लाख ७० हजार ८६६ रुपैयाँबराबरको बोनस सेयर र १.१६ प्रतिशतले हुन आउने ५१ लाख ९८ हजार ४६७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको आवश्यक वैदेशिक रणनीति साझेदारीमा जानका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौत गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैगरी बोनस सेयर जारी गरेपछि वृद्धि हुने चुक्तापुँजीपछि संस्थाको प्रबन्धपत्र र निममावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।